मेगा बैंकको क्यूआर कोड भुक्तानी सेवा गागलफेदी यातायातमा सुरु

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्ने सेवा सुरु गरेको छ । बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा तिर्ने सेवा सुरु गरेको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख संचालन अधिकृत राजेश शर्माले मेगा बैंकले ‘हलोदेखि हाइड्रोसम्म’ लगानी गर्ने जानकारी दिँदै यातायात, शिक्षा, स्वास्थ्य, कृषि, महिला उद्यमी, घर लगायतका लागि सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गागलफेदी यातायातका अध्यक्ष मधुसुदन केसी खड्काले क्यूआर कोड सुविधाको व्यवस्था गरेकोमा मेगा बैंकलाई विशेष धन्यवाद दिँदै यो भुक्तानी व्यवस्थाको प्रयोगले यातायात संचालक तथा यात्रुहरु दुवैलाई सहज हुने बताए । गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ । नगदरहित भुक्तानी व्यवस्थालाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीति अनुरुप मेगा बैंकले देशभरका विभिन्न सेवामुलक क्षेत्रमा क्यूआर कोड सुविधाबाट भुक्तानी गर्ने व्यवस्थालाई प्राथमिकता दिँदै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्