PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकले घटायो व्यवसायिक कर्जाको व्याजदर

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक कर्जाको व्याजदर घटाएको छ । बैंकले व्यवसायिक कर्जामा ०.५ प्रतिशतले व्याजदर घटाएको हो । बैंकले व्यवसायिक कर्जामा लाग्ने प्रिमियमदर घटाएसँगै व्याजदर पनि घटाएको बताएको छ । बैंकले चैत्र १ गतेबाट लागु हुनेगरी सम्पूर्ण व्यवसायिक चालु पूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको हो ।
बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर वुद्धि गरेको छ । बैंकले २ सय ४७ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै