PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा डिजिटल वालेट एप ‘थैली’ सार्वजनिक

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘थैली’ नामक डिजिटल वालेट सर्भिस ल्याएको छ । बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली सर्भिस ल्याएको हो । राष्ट्र बैंकले केही दिनअघि मात्रै डिजिटल माध्यमबाट हुने कारोबारको सीमा बढाएको थियो । सोलगत्तै बैंकले थैली सुरु गरेको हो । थैली इन्भेष्टमेन्ट बैंकको मोबाइल मनी वालेट एप हो । यसबाट द्रुतगतिमा पैसा पठाउन, पाउन, एकाउन्ट चेक गर्न निःशुल्क रुपम गर्न सक्ने भएको छन् ।
थैली डिजिटल वालेट दुवै मोबाइल बैंकिङ र मोबाइल वालेट एप्लिकेसन भएको बैंकले जनाएको छ । यसमा ग्राहकले आफ्नो बैंकको एकाउन्ट जोड्नुपर्छ । यसबाट विभिन्न पी२पी फन्ड ट्रान्सफर, पैसा पठाउन र पाउन सकिने भएको छ ।यसैबीच बैंकले नयाँ कर्जा सुविधा ‘थैली ओभरड्राफ्ट’ पनि सुरु गरेको छ । यसबाट साना तथा मध्यम र किराना स्टोरहरुलाई ओभरड्राफ्ट कर्जाको सुविधा उपलब्ध हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै