PRABHU BANK

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

nepal life insurance
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं.२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरेको हो ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीको २०७९ पौष मसान्त सम्ममा लगानी रु. १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्ब रुपैयाँ र सेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
साथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै