PRABHU BANK

माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशमा संचालनमा ल्यायो क्यूआर कोड सेवा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशका ४ स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले देशका हरेक क्षेत्रमा डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थामा क्यूआर कोड सेवा संचालनमा ल्याएको हो ।
प्रदेश नम्वर २ को गोलबजार स्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, सम्योग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वि चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन र गण्डकी प्रदेशको कावासोतीस्थित अमलटारी मध्यवर्ति होमस्टेमा गरि जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यूआर कोड सेवा संचालनमा ल्याएको हो ।
नगदरहित कारोबारलाई प्रर्वद्धन उद्देश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यूआर कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै