काठमाडौँ । नबील बैंकको नाम प्रयोग गरेर ठगीको प्रयास भएको पाइएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न अनाधिकृत वेवसाइटहरुको प्रयोग गरेर ठगीको प्रयास भएको जनाएको हो ।
बैंकले आफ्ना ग्राहकहरुलाई यस्तो ठगीबाट बच्न आग्रह गरेको छ । योसँगै बैंकले सुरक्षित रहनका लागि बैंकको सधैँ आधिकारिक वेबसाइट नबिल बैंक डटकम र एनबैंक डट नबिल बैंक डटकम मात्र प्रयोग गरेर वित्तीय लेनदेन गर्न अनुरोध गरेको छ ।
साथै, बैंकले कुनै शंका लागेमा तुरुन्त बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ । बैंकले जारी गरेको सूचना हेर्नुहोस्ः