PRABHU BANK

नेपाल राष्ट्र बैंकले गर्यो अनलाइनमार्फत विदेशी वस्तु खरिद गर्दा ५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशी वस्तु खरिद गर्दा ५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरेको छ । बैंकले आइत्बार एक परिपत्र जारी गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरीद बापत भुक्तानी प्रयोजनका लागि ५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमार्फत यस्तो सुविधा दिने घोषणा गरेको हो । वार्षिक अधिकतम ५ सय डलर वा त्यो बराबरको अन्य मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो । कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै