काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको नायब महाप्रबन्धक (डीजीएम) मा सुमितबाबु खत्री नियुक्त भएका छन् । उनी कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा नियुक्त भएका हुन् ।
उनीसँग बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखिको काम गरेको अनुभव रहेको छ ।
साथै, खत्री बैंकिङ क्षेत्रमा कर्जा विज्ञको रुपमा परिचित छन् ।