काठमाडौँ । सहुलियतपूर्ण कर्जाका लागि साढे १ खर्ब रुपैयाँ स्वीकृत भएको छ । विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जाका लागि चालु आर्थिक वर्षको भदौसम्ममा १ खर्ब ८५ अर्ब ६४ करोड २७ लाख रुपैयाँ स्वीकृत भएको हो ।
योसँगै सहुलियतपूर्ण कर्जाका लागि २५ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ ब्याज अनुदान गएको राष्ट्र बैंकले जनाएको छ।बैंक तथा वित्तीय संस्थाबाट कुल १ लाख १९ हजार ४४७ ऋणीका लागि उक्त सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ स्वीकृत भएको छ। उक्त क्षेत्रमा ४५ हजार सात सय ४७ ऋणीका लागि १ खर्ब ९ अर्ब ४० करोड १४ लाख रुपैयाँ स्वीकृत भएको हो ।
जसमा बिनाधितो १ अर्ब ९१ करोड १५ लाख रुपैयाँ र धितोमा १ खर्ब ७ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।