PRABHU BANK

नेपाल बैंकले धितो सुरक्षणमा रहेका अचल सम्पत्ति बिक्री गर्दै, ३५ दिनभित्र कर्जा चुक्ता गर्न बैंकको आग्रह !

काठमाडौँ । नेपाल बैंकले धितो सुरक्षणमा रहेको घरजग्गा लिलामी गर्ने भएको छ । बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले कात्तिक २ गते एक सूचना जारी गर्दै घरजग्गा लिलामी गर्ने जनाएको हो ।

बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पत्ति बिक्री गर्न लागेको छ । बैंकले मंसिर ६ गतेभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्ने जनाएको छ ।

बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै