PRABHU BANK

सिद्धार्थ बैंकद्धारा ‘सिद्धार्थ इकम कार्ड’ को सुरुवात, नेपालबाटै विदेशमा भुक्तानी गर्न सकिने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ इकम कार्ड’ को सुरुवात गरेको छ । बैंकले बिहिबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको हो ।
यस सुविधा सञ्चालन पश्चात बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने भएका छन् । बैंकको अनुसार कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ । साथै प्रयोगकर्ताले एकै पटक वा पटक-पटक गरी १ वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा जम्मा गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै