PRABHU BANK

असोज महिनामा वाणिज्य बैंकहरुको आधार दर घट्यो

काठमाडौँ । वाणिज्य बैंकहरुको आधार दर घटेको छ । असोज महिनामा वाणिज्य बैंकहरुको आधार दर ०.२२ प्रतिशतले घटेको हो ।

असोजमा बैंकहरुको आधार दर घटेर ७.६९ प्रतिशत कायम भएको छ । गत भदौ महिनामा पनि बैंकहरुको आधार दर औसत ७.९१ प्रतिशत थियो ।

यता  स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ६.०३ प्रतिशत कायम भएको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.३७ प्रतिशत बिन्दुमा कायम भएको छ । यी दुई बैंकसहित १४ वटा बैंकको आधार दर ८ प्रतिशत तल झरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै