PRABHU BANK

एभरेष्ट बैंकद्धारा नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०७८ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले लामो समय देखि नेपालको संस्कृति र पर्यटन सम्बन्धी विभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।
‘सगरमाथाको १२ फरक मुहारहरू’ विषयवस्तु राखेर तयार पारिएको बैंकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बैंकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका हुन् । सो कार्यक्रममा नायब महाप्रबन्धक डा. सन्धीर कुमार लगायत पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै