PRABHU BANK

माछापुच्छ्रे बैंकले ल्यायो विदेशी भुक्तानी गर्न सजिलो हुने स्मार्ट डलर कार्ड

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार बैंकले स्मार्ट डलर कार्ड संचालनमा ल्याएको हो ।
माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने भएका छन् । बैंकका ग्राहकहरुले उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । आफ्नो कार्डमार्फत ग्राहकले एकै पटक वा पटक पटक गरि एक बर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै