PRABHU BANK

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्ज भई एकिकृत कारोबार सुरु

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडबीच मर्जभई एकिकृत कारोबार सुरु भएको छ । बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न सिटिजन्स बैंकलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति दिएपछि चैत्र १४ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।
मर्ज गर्दै पुँजीसहित सबै परिसूचकमा सिटिजन्स बैंकले फड्को मारेको छ । दुई बैंकबीच सहमति भएअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक लिमिटेडको ९६ कित्ता सेयर पाउने भएका छन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । चैत्र १३ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव १२७ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिव ११३ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा भएका छन् ।
उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए । त्यसैगरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष जीवन प्रसाद ओझाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढी सुरक्षित र उज्वल हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै