PRABHU BANK

सिटिजन्स बैंकको १६औं वार्षिकउत्सवको अवसरमा आकर्षक छुट योजनाहरु सार्वजनिक

citizens bank
  • बैंकिङ संसार
काठमाडौं । डिजिटल बैंकिङलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
बैंकको बैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले बैशाख १ गते देखि बैशाख ७ गते सम्म एक साताको लागि लागू हुने गरि बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुट र क्यासब्याक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस (POS) मेसिन र अनलाईन मार्फत एक हजार वा बढीको कारोबार गर्दा १६५ वा बढिमा २ सयसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।
यसैगरी क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५ सय रुपैयाँ वा बढीको कारोबार गर्दा १६५ वा बढिमा दुई सय सम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ ।
त्यसैगरि बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ । साथै, बैंकका निष्कृय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बैंकिङ मार्फत ५ सय वा बढीको कारोबार गर्दा एकमुष्ठ २ सय सम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।
यस्ता नगद रहित कारोबारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम,३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै