PRABHU BANK

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा ५०० सम्म छुट

काठमाडौँ । एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट हुने भएको छ । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड (कोब्रान्डेड कार्ड ) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम रु ५०० सम्म दिने भएको हो ।

बैंकले चाडपर्वको समयमा ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको छ । यो अफर छठ सम्मको लागि लागू हुनेछ ।

अफर सम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै