PRABHU BANK

हिमालयन बैंकद्वारा अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा संचालनमा

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा संचालनमा ल्याएको छ । यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर ५ सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
यस कार्ड सुविधाबाट खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई-कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक-पटक गरी अमेरिकी डलर ५ सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् । बैंकको अनुसार इच्छुक ग्राहकहरुले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्नुपर्नेछ ।बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १ सय ४६ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै