PRABHU BANK

कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगीको प्रयास, सीईओ भन्छन्: ‘ठगीबाट बच्नुहोला’

काठमाडौँ । कृषि विकास बैंकका सीईओको नाम दुरुपयोग गरी ठगीको प्रयास भएको पाइएको छ । बैंकका सीईओ गोबिन्द गुरुङको नाम, फोटा र पदको अनाधिकृत प्रयोग गरी ठगीको प्रयास भएको पाइएको हो ।

सीईओ गुरुङले सामाजीक सञ्जाल फेसबुकमार्फत् यस्तो ठगीबाट सतर्क रहन र पैसा पठाउन अनुरोध आएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेका छन् ।

उनले सामाजीक सञ्जाल फेसबुकमा लेख्दै भने, ‘कुनै अपरिचित व्यक्तिले निम्नानुसार उज्वेकस्तानको नम्बरबाट मेरो नाम र फोटो तथा इमेलबाट मेरो नाम र पदको अनधिकृत प्रयोग गरी विभिन्न परिचित र अपरिचित व्यक्तिहरुसँग पैसा मागेको बुझिन आएकोले सतर्क रहनु हुन र पैसा नपठाउनु र नदिनु हुन हार्दिक अनुरोध छ । यस्तो अनुरोध आएको खण्डमा सम्बन्धित निकायमा उजुरी गर्नु हुन पनि अनुरोध छ ।’ यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै