PRABHU BANK

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित

Mahila Sahayatra Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ८औं वार्षिक साधारणसभा अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपुरको सभाहलमा सम्पन्न भएको हो । कम्पनीको उक्त वार्षिक साधारणसभाले प्रस्तावित बोनस सेयर पारित गरेको छ । उक्त सभाले सञ्चालक समितिको प्रस्तावित १० प्रतिशत बोनस सेयरलाई पारित गरेको हो ।
यससँगै संस्थाका लगानीकर्ताले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सो मात्राको बोनस पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ भने १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र सोहि अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/०७८ का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले रिक्त रहेको सञ्चालक पदमा २ जनालाई निर्वाचित गरेको छ । यससँगै सर्वसाधारण सेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले हालसम्म ३४ वटा शाखामार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै