PRABHU BANK

महालक्ष्मी विकास बैंक र केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्टबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्टबीच सम्झौता भएको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९: एक्सपेक्टेड क्रेडिट लस मोडल कार्यान्वयनका लागि सम्झौता गरेको हो ।

सम्झौताबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन-अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै