PRABHU BANK

कुमारी बैंक २१औं वर्षमा प्रवेश, विभिन्न सामाजिक कार्यक्रमहरु गरी मनाए २०औं वार्षिकोत्सव

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेको हो । बैंकले यस अवसरमा शनिबार काठमाडौंको पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गरेको थियो । बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले उक्त सरसफाइ कार्यक्रमको शुभारम्भ गरेका थिए ।
पशुपति क्षेत्र विकास कोष, काठमाडौं महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले हालसम्म १ सय ९२ वटा शाखा सञ्जाल, १ सय ६५ वटा एटिएम, २६ वटा शाखारहित बैंकिङ सेवा र १३ वटा एक्सटेनसन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै