PRABHU BANK

कृषि विकास बैंकका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले लिए सपथ

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकका नवनियुक्त सञ्चालक दीर्घराज मैनालीले सपथ लिएका छन् । नवनियुक्त सञ्चालक मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका हुन् । नेपाल सरकारको निर्णयानुसार मैनाली बैंकको संचालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
नवनियुक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंकका का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै