PRABHU BANK

सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाको करदाता कार्यालयमा, मोहन कुमार श्रेष्ठद्धारा उद्घाटन

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गरेका हुन् ।
योसँगैं ओखलढुङ्गा क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने भएका छन् । ५ लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बैंकको हालसम्म ८९ एटिएम रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै