PRABHU BANK

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब बढी कर्जा प्रवाह

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब बढी कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०-८१ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको हो ।

योसँगै समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.८ प्रतिशत, विकास बैंकहरुको कर्जा प्रवाह ५.० प्रतिशत र वित्त कम्पनीहरुको ७.७ प्रतिशतले बढेको छ ।

यता, रियल स्टेट कर्जा ( व्यक्तिगत आवासीय घर कर्जा ) ९.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशतले घटेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै