PRABHU BANK

मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँको दरमा १२ लाख ५० हजार कित्ता मध्ये ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरले बिक्री गर्नेछ भने ५ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ । सर्वसाधारण तर्फको ५ लाख कित्ता मध्ये २५ हजार कित्ता म्युचुअल फण्डका लागि छुट्टाएको छ भने बाँकी सर्वसाधारण नेपालीहरुलाई बिक्री गर्ने बैंकले जनाएको छ ।
बैंकले ऋणपत्र निष्कासन तथा बिक्रि प्रवन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा सोमबार सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा क्यापिटलले निष्कासन तथा बिक्री प्रवन्धक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभुति सेवा तथा लगानी व्यवस्थापन सेवा र सामुहिक लगानी कोष संचालन गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै