PRABHU BANK

कुमारी बैंक र कैलाली हस्पिटल प्राइभेट लिमिटेडबीच सम्झौता, हस्पिटलको सेवामा १० प्रतिशत छुट पाइने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र कैलाली हस्पिटल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेडसँग सम्झौता गरेको हो । कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनक राज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओ. पि. डि., बेड चार्जेज, एक्स-रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । बैंकले हालसम्म १ सय ९३ वटा शाखा सञ्जाल, १ सय ६२ वटा एटिएम, २५ वटा शाखारहित बैंकिङ सेवा तथा १३ एक्सटेनसन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै