विदेशी मुलुकमा अध्ययनको लागि दिइने सटहीसम्बन्धी कस्तो छ व्यवस्था ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि विदेशी मुलुकमा अध्ययनको लागि दिइने सटहीसम्बन्धी व्यवस्था सार्वजनिक गरेको छ । 

विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले आफ्नो निवेदन, राहदानीको प्रतिलिपि, नो अब्जेक्सन लेटर, सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायत सम्बन्धित कागजपत्र संलग्न गरी शैक्षिक संस्थालाई भुक्तानी गर्नुपर्ने विदेशी मुद्रामा भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकका अनुसार विदेश अध्ययन गर्न जान नेपाली विद्यार्थीले निर्वाह खर्च बापत सपोर्टिङ डकुमेन्टको आधारमा सटही सुविधा प्राप्त गर्न सक्छन् भने सपोर्टिङ डकुमेन्टमा निर्वाह खर्च नखुलेको अवस्थामा सटही सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा बङ्गलादेश, पाकिस्तानमा २५ सय ,चीन, मलेसिया, थाइल्याण्ड, फिलिपिन्स ४ हजार, सिङ्गापुर, दक्षिण कोरिया ६ हजार, क्यानडा, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युरोप महादेश ८ हजार अमेरिकी डलर सटहीको सुविधा छ ।

साथै, अन्य देशहरू ५ हजार अमेरिकी डलरको सटहीको व्यवस्था छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनाको लागि सन्देश जारी गर्दे सो विषयमा जानकारी दिएको हो । यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्