PRABHU BANK

प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औँ शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले साउन २५ गतेदेखि प्युठान नगरपालिका वडा नं ४ प्युठान स्थित बिजुवारमा आफ्नो ३१५औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

सो शाखाको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीले गरेका हुन् । बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

त्यसैगरी बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ । बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै