PRABHU BANK

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको क्यूआर सेवा ढल्कोमा सञ्चालित विद्युतीय रिक्सामा

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकले काठमाडौं महानगर पालिका १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
क्यूआर कोडमार्फत विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटोसँग सहकार्य गरेको छ । बैंकले हालसम्म १ सय २८ वटा शाखा कार्यलय, १ सय ७ वटा एटिएम र ८ वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै