PRABHU BANK

मेगा बैंक र टर्किस एयरलायन्सबीच सम्झौता, हवाई यात्रामा विशेष छुट पाइने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र टर्किस एयरलायन्सबीच सम्झौता भएको छ । टर्किस एयरलायन्सले बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई हवाई यात्रामा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
मेगा बैंककी सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलायन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसीसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र एक्सट्रा लगेजको सुविधा दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै