prabhu

घरेलु लघुवित्त वित्तीय संस्थाद्धारा बारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

Gharelu Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल बाराले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना देवीको मृत्यु पश्चात निजका श्रीमान नागेन्द्र महरालाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराईएको हो ।
सदस्य मिना देवीले संस्थाबाट १ लाख रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च १० हजार रुपैयाँ बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहाद्वारा निज मृतक सदस्यका श्रीमान नागेन्द्र महरालाई एकमुष्ट भुक्तानी गरिएको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्धध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यले संस्थालाई धन्यवाद दिएका छन् । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुनदन प्रसाद कुशवाहा र सो केन्द्रका केन्द्र संचालक जिनिश राय यादब तथा केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै