PRABHU BANK

बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ३ अर्ब रुपैयाँले घट्यो, अन्तर बैंक ब्याजदर तीन प्रतिशत कायम

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तिय संस्थाको निक्षेप सङ्कलन एकैदिन ३ अर्ब रुपैयाँले घटेको हो ।

साउन २० गते बैंकिङ प्रणालीमा ६४ खर्ब ४२ अर्ब निक्षेप सङ्कलन भएकोमा एकैदिन ३ अर्ब रुपैयाँले निक्षेप घटेर साउन २१ गते ६४ खर्ब ३९ अर्ब कायम भएको छ ।

उक्त अवधिमा वाणिज्य बैंकहरुको पनि निक्षेप सङ्कलन २ अर्ब रुपैयाँले घटेको छ । साउन २० गते ५७ खर्ब १२ अर्ब निक्षेप सङ्कलन भएकोमा २१ गते ५७ खर्ब १० अर्ब निक्षेप सङ्कलन भएको छ ।

यता औसत सीडी रेसियो ७८.४५ बाट बढेर ७८.५८ प्रतिशतमा कायम भएको छ भने अन्तर बैंक ब्याजदर तीन प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै