PRABHU BANK

बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला पाँचथर साविक हाङवुङ गाउँ विकास समिति वडा नं २ परिवर्तित तुम्बेवा गाउँपालिका वडा नं ५ घर भई जिल्ला भक्तपुर बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राई रहेका छन् ।

उनी काठमाडौँ जिल्ला अदालत बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन २१ गते कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको आवश्यक कारवाहीको लागि प्रहरी वृत नयाँ बानेश्वर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै