PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्कासनमा एनआईबिएल एस क्यापिटल नियुक्त

Excel Development Bank
  • बैंकिङ संसार
झापा । एक्सेल डेभलपमेन्ट बैंकले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाइ बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४औं वार्षिक साधारणसभाबाट हकप्रद निष्कासनको एजेन्डा अनुमोदन गरेको थियो । बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्कासनको एजेन्डा पारित गरेको छ । यो हकप्रद १ सय रुपैयाँ अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको हुनेछ । जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ । 
एक्सेल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले उक्त सम्झौतामा चैत २७ गते शुक्रबार हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै