![# Nabil Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhnm-Y5YUQ7muvF5MifqrkmF9pw-PhX4WqTxtM4h_X1cJNHRrP5WMCw7lCI4w7r9UJ8gW-sXmT_MRQzC-dK2V4-Js1Zt-y9krH0gAKNaitoeD77Vwy6CekxvNy-y3qS_ZQqjjvHymWOgSJ4/s16000/NABIL-BANK.jpg)
- बैंकिङ संसार
काठमाडौं । नबिल बैंकद्धारा नयाँ वर्षको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितको अफर ल्याएको छ । बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको हो । यस छुट प्राप्त गर्नेको लागि ग्राहकले नबिल बैंकको नजिकको शाखामा गई सेवा लिन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १ सय १९ वटा शाखा, १ सय ८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको छ ।