ग्लोबल आइएमई बैंकका ग्राहकलाई र्‍याडिसन होटलको सेवामा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौँको सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई होटेलले १५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका ग्राहकहरूले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाडौँले सञ्चाला गरेको एयरपोर्ट रेस्टुरेन्टबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने बैंकले जनाएको हो ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्