PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालको सेवामा १५ प्रतिशत छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलका कार्ड बाहक ग्राहकहरूले मैत्रिपथ, बुटवलमा रहेको मैत्रिपथ मर्सी सिटि अस्पतालको सेवामा छुट पाउने भएका छन् । बिहीबार बैंक र अस्पतालबीच ग्राहकहरूलाई छुट दिने बारे सम्झौता भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् कम्पनीका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले मर्सी सिटि अस्पतालमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुनेछ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै