PRABHU BANK

महालक्ष्मी विकास बैंकले दियो अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पेसँगको सहकार्यमा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको निरन्तरता दिएको छ । बैंकले नेपाल आएका भारतीय नागरिकहरूलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको हो ।

बैंकका अनुसार भारतीय नागरिकहरूले भारतीय भुक्तानी सेवा प्रदायकहरू जस्तै भिम पे, पेटीएम, गुगल पे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्टोरहरुमा तत्काल, सुरक्षित र सुविधाजनक तरिकाले भुक्तानी गर्न सक्नेछन् । यस्ता कार्यबाट नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्याउन र नेपालको आर्थिक तथा पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजिकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

साथै, नेपाल आउने भारतीय पर्यटकहरूलाई लक्षितगरी उक्त सेवा अझ छिटो, छरितो र भरपर्दो रुपमा प्रदान गर्न यस बैंकले आफ्ना संस्थागत ग्राहकहरूसँग आवश्यक सहकार्य गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै