PRABHU BANK

‘कर्जाको माग बढाउन ब्याजदर अझै घटाउनु पर्छ’: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको माग बढाउन ब्याजदर अझै घटाउनु पर्ने बताएका छन् । महासङ्घले काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले अब आउने मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थासँगै व्यवसायीलाई पनि बचाउनु पर्ने भन्दै ब्याजदर घटाउनु पर्ने जनाएका छन् ।

उनले कार्यक्रममा बोल्दै भने, ‘बजार चलायमान छैन, उद्योग क्षमताअनुसार चल्न सकिरहेका छैनन् । कर्जा लक्ष्यअनुसार विस्तार भएको छैन । मौद्रिक नीति बैंक तथा वित्तीय संस्थासँगै व्यवसायीलाई पनि बचाउने गरी आउनुपर्छ । मौद्रिक नीति सञ्जीवनी बुटी बनोस् । आगामी मौद्रिक नीति थप लचिलो बनोस् ।’

निक्षेपको ब्याजदर घटे पनि कर्जाको माग बढाउन ब्याजदर अझै घट्नु पर्ने भन्दै पर्यटन सहज र सुलभ हुनुपर्ने र नगद प्रवाहमा भएको समस्याले उद्योगको उत्पादन क्षमता घटेकोले यसलाई उत्पादन बढाउन भए पनि ब्याजदर केहि घटाउनु पर्नेमा अध्यक्ष ढकालको जोड छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै