PRABHU BANK

बैंकिङ प्रणालीको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले बढ्यो, अन्तर बैंक ब्याजदर भने स्थिर !

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १० अर्ब रुपैयाँले बढेको हो ।

गत असार १६ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन १० अर्ब रुपैयाँले बढेर असार १७ गतेसम्म ६३ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ ।

त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ९ अर्बले बढेको छ ।  उक्त बैंकहरुको निक्षेप संकलन ५६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य वित्तीय संस्थाको निक्षेप संकलन भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब २२ अर्ब कायम भएको छ ।

यता असार १६ गतेसम्म ७९.१८ प्रतिशत रहेको सीडी रेसियो घटेर ७९.०९ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर  स्थिर अर्थात ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै