PRABHU BANK

प्रभु बैंकले ल्यायो प्रभु बिजनेस डेबिट कार्ड सञ्चालनमा

काठमाडौँ । प्रभु बैंकले प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भिजा इन्टरनेशनलसँगको सहकार्यमा पूर्ण नवीनतम सुविधा सहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।

यो प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रूपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिन्छ ।

प्रभु बिजनेस डेबिट कार्ड बैंकमा चल्ती खाता खोली कारोबार गर्ने र गरिरहेका खाता धनीहरुलाई लक्षित गरी डेबिट कार्ड सम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी गरिएको हो । यो बिजनेस डेबिट कार्ड विशेष गरी व्यापारिक प्रयोजन लागि मात्र लक्षित छ ।

त्यस्तै, व्यापारिक घरानाहरू, फर्महरू, कम्पनीहरू, कर्पोरेट र व्यापारिक घरानाहरू, स्कुल तथा कलेज र विश्वविद्यालयहरू, होटल र रेस्टुरेन्टहरू, अस्पतालहरू आदिमा सीमित हुन सक्छन् जसले आफ्ना व्यापारीहरू, बिक्रेताहरू, आपूर्तिकर्ताहरू र सेवा प्रदायक आदिलाई नियमित रूपमा साना र ठूला भुक्तानीहरू गर्दछन् । यो एक विशिष्ट किसिमको विद्युतीय भुक्तानीको औजार हो जहाँ कार्ड मार्फत गरिएको भुक्तानी सुरक्षित रहन्छ ।

बिजनेस डेबिट कार्डको मद्दतले भुक्तानी आवश्यकताहरूलाई केन्द्रीकृत गरेर तत्काल लाभ उठाउन सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै