
- बैंकिङ संसार
 
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले  प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा १८५औं शाखा कार्यलय संचालनमा ल्याएको हो ।
बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । यस्तै बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।
	
								
								
								
								
								
								
			