PRABHU BANK

कामना सेवा विकास बैंकको शाखा कार्यालय तनहुँको वन्दिपुरमा, सञ्चालकहरुद्वारा उद्घाटन

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
तनहुँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले तनहुँ जिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि श्रावण ३१ गतेको दिन उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।
बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा उक्त शाखाको समुद्घाटन गरेका हुन् । सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ , एसएमएस बैंकिङ, जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै