PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार युनिट ऋणपत्र नेप्सेमा सूचीकृत

shangri-la development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । भदौ २१ का दिन नेपाल स्टक एक्सचेञ्ज र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९ प्रतिशत व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको ७ लाख ५० हजार थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण भएको कम्पनीले जनाएको छ । बैंकको ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै