PRABHU BANK

प्रभु बैंकका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटरीको सेवामा २० प्रतिशत छुट पाउने

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली.को सेवामा २० प्रतिशत छुट पाउने  भएका छन् । बैंक र पोखरा स्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (यु. आर.एल.) बीच ग्राहकहरुलाई प्रदान गरिने सेवामा छुट दिने बारे सम्झौता भएको हो ।

स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्वारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने बैंकले जनाको छ ।

उक्त सम्झौता अनुसार ल्याब परीक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरूलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै