PRABHU BANK

आम्दानी र खर्चको सही हिसाब गरेर मात्र कर्जा उपयोग गर्न राष्ट्र बैंकको आग्रह 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेर मात्र कर्जा उपयोग गर्न आग्रह गएको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै आफ्नो आम्दानी र खर्चको सही हिसाब गरेरमात्र कर्जा उपयोग गर्न आग्रह गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमताको विश्लेषण गर्दा ऋणीको आम्दानीको तुलनामा कर्जा भुक्तानीको दायित्व कति छ भनेर गणना गर्ने गर्दछन् । ऋणीको कर्जा भुक्तानी दायित्वलाई कुल आयले भाग गरेपछि आउने अनुपातलाई ‘ऋण भुक्तानी आम्दानी अनुपात’ भन्ने गरिन्छ ।

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा तथा व्यक्तिगत अधिविकर्ष कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ५० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

घर-जग्गा खरिद र निर्माण प्रयोजनमा प्रवाहित कर्जामा भने यस्तो अनुपात अधिकतम ७० प्रतिशतसम्म हुने गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै