सानिमा बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । सानिमा बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय मान्मद्वारा वित्तीय साक्षरता कार्यक्रम कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालुमा सम्पन्न गरेको हो ।

सानिमा बैंक, मान्म शाखा टिम र कार्यालय प्रमुखको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा सानिमा बैंक, मान्म शाखाका प्रमुख मछिन्द्र कुमार भण्डारीद्वारा सहभागी १५ वटा महिला समूहहरू माझ बैंकिङ तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नरहरिनाथ गाउँपालिका वडा नं ८ र ९ को वडाअध्यक्ष प्रदिप बोहरा, लाल बहादुर विष्ट तथा जिल्ला प्रशासन कार्यालय कालिकोटका कर्मचारी लक्ष्मीरुद्र धितालको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी महिला समुहहरूको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्