PRABHU BANK

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्रीमा

MAHALAXMI BIKAS BANK
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनीले आफ्नो नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनीले आफ्नो नाममा भएको बैंकको २६ हजार ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् ।बैंकले सार्वजनिक गरेको सूचनामा सो सेयरको मूल्य भने खुलाइएको छैन ।
साथै साथै बैंककै संस्थापक सेयरधनीले मात्रै सो सेयर खरिद गर्न पाउनेछन् । उक्त सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको मुख्य कार्यलय दरबारमार्ग, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै