PRABHU BANK

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई स्काई वाकको टिकटमा १५ प्रतिशत छुट

काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङवोन्डर्स नेपाल प्रालिबीच सम्झौता भएको छ । उक्त कम्पनीबीच व्यवसायिक सहकार्य गर्ने बारे सम्झौता भएको हो । 

सो सम्झौता अनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ काठमाडौँका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरिदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत छुट पाउनेछन् । 

साथै, ५ जनाभन्दा बढीको टिकट खरिद गर्दा २० प्रतिशतसम्म विशेष छुट हुने बैंकले जनाएको छ ।

सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै